मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्।

कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर, सजिलो छैन। खुसीसाथ हट्छु।डेढ वर्षपछि त चुनाव आइहाल्छ।दुई तिहाइका साथ सिंहदबार फर्किन्छु उनले भने।उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए।

प्रतिनिधि सभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने ओलीको भनाई छ।