वनमन्त्रीलाई एक अर्बको घुस अफर
काठमाडौं,वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको घुस अफर आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आफूलाई सो अफर आएको जनाएका हुन् ।
‘जुन दिन मैले मन्त्री पदको वहाली गरेँ, त्यही दिनदेखि केही काठ व्यवसायी र कर्मचारीले मलाई भेट्ने प्रयास गरे।मैले कसैलाई भेटिन।कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिँन।,उनले भनेपछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो।
अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले रु हुँदैन भनेर मैले इन्कार गरेँ।’गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।