नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

ज्यान गुमाउनेको संख्या २ हजार ७७७

काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७० हजार ५४३ जना स‌ंक्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७७ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९७४ रहेको छ ।