छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र
प्रकासित मिति : २०७७ फाल्गुन १८, मंगलवार १०:४२
प्रकासित समय : १०:४२
नेपालगन्ज,छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई मागपत्र बुझाएको छ ।छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै संगठनका जिल्ला अध्यक्ष डिबि शाही सहित गएको टोलिले उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगर समक्ष सोमबार मागपत्र बुझाएको हो ।

महिला माथिको घरेलु हिंसा, जबर्जस्ती करणी, बलात्कार र हत्याको प्रतिरोध गर्न स्वयं महिलाहरु पनि सशक्त हुनुपर्ने मान्यता सहित महिलाहरुका निम्ति आत्मसुरक्षा एबम प्रतिरोध तालीमको प्रदान गर्न जरुरी भएको मागपत्रमा उल्लेख छ । साथै यस्ता किसिमका अमानवीय क्रियाकलापको प्रतिरोधका लागि नेपालगन्ज उपमहानगरपालिका अन्तरगतका सबै विद्यालयहरुमा छात्राहरुलाई आत्मसुरक्षा सम्बन्धि तालीमको अनिवार्य व्यवस्था गर्न र हरेक टोल टोलमा महिलाहरुलाई आत्मसुरक्षा सम्बन्धि सचेतना सहितको तालिम सन्चालन गर्न पनि माग गरिएको छ ।
संगठनको केन्द्रीय योजना अन्तर्गत देशैभरका स्थानिय पालिकामा बुझाउने कार्यक्रम अनुरुप बाँके जिल्ला समितिले नेपालगन्ज उपमहानगरपालिकामा मागपत्र बुझाईको संगठनका बाँके जिल्ला अध्यक्ष डिबि शाहीले जानकारी दिए । साथै उनले बाँकेका अन्य स्थानिय पालिकाहरुमा पनि मागपत्र बुझाईने कार्यक्रम रहेको जानकारी दिए ।
यस्तो छ मागपत्र
