बीएण्डसीले छिट्टै सम्बन्धन पाउँछ : प्रधानमन्त्री

झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित प्रतावित बीएण्डसी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिइने वचन दिएका छन् ।

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बीएण्डसीले छिट्टै काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने बताए ।

‘क्यान्सर अस्पताल मात्र हैन, बीएण्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ ओलीले भने, ‘यो कुरा अघि बढिसकेको छ ।’ प्रधानमन्त्री ओलीले अनुमतिका लागि काठमाडौं विश्वविद्यालयबाट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाबपछि काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट) बैठकबाट यो प्रक्रिया अगाडि बढिसकेको बताइएको छ ।