आफ्नै बाबुले गरे तीन महिने छोराको हत्या
प्रकासित मिति : २०७७ फाल्गुन १८, मंगलवार १७:०९
प्रकासित समय : १७:०९
बैतडी, बैतडीमा एक तीन महिने बालकको आफ्नै बाबुले ज्यान लिएका छन् । तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजबहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै ज्यान गएको हो । उनले ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले बताएको छ ।