वादी समुदायको आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी) देजमोको ऐक्यवद्धता

सुर्खेत,मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलित वादी समुदायको आन्दोलनलाई क्रान्तिकारी माओवादी सर्मथक देजमो नेपालले ऐक्यवद्धता जनाएको छ।मान्छे जन्मने वित्तिकै धनि गरिव,जातभात,लालपुर्जा ल्याएर आएको हुदैन भन्दै खुल्ला प्रेश विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएको हो।कार्यक्रममा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य दिपक शाहीले सवै विश्वभरिका काम गरिखाने जनतालाई प्राकृतिक न्यायको सिद्धान्तले दिएको छ।वादी समुदायले पनि गरि खान पाउनुपर्ने र त्यस्को राज्यले तुरुन्त व्यवस्था गर्नुपर्छ।

अहिले सरकारमा बसेका मन्त्रीहरु नै बालुवाटारको जग्गा कब्जा गर्न उद्धत छन्,तर खान नपाउने पिछडिएका वर्ग वादी समुदायका जनतालाई काम गरेर खाने एउटा जग्गासम्म उपलब्ध गराउन नसक्ने अहिलेको सरकार निकम्मा र दलालहरुको सरकार भएको पुष्टि गरेका छन्।केन्द्रिय सदस्य शाहीले भने आन्दोलनमा आफुहरुको पुर्ण ऐक्यबद्धता रहेको छ। हामी यो आन्दोलनका निम्ति सम्पुर्ण रुपले उत्पिडीत वर्ग समुदायका जनतालाई समर्थन गर्न तयार छौँ।

यो आन्दोलन वादी समुदायको मात्र नभएर सम्पुर्ण उत्पिडीत जनसमुदायको भएको शाहीले बताए। भने यदि राज्यले शान्तीपुर्ण रुपमा मागहरु सम्बोधन गरेन भने जनताले प्रतिरोध गर्ने र जनताका अगाडि सरकारलाई घुँडा टेकाएर छोड्ने वताए।आन्दोलनरत गरिब उत्पिडीत जनताले न्याए पाएनन् भने हामी त्यसका विरुद्ध प्रतिरोध गछौँ र जनताको प्रतिरोध सरकारले सहनुको विकल्प नरहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका सुर्खेत जिल्ला अध्यक्ष तथा क्रान्तिकारी माओवादी प्रदेश कमिटी सदस्य पुर्ण प्रसाद पौडेलले बताए।जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै अगुवाको अडान छ।

निर्वाचनका बेला दलहरुले पूर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रेम बादीले बताए । जितेपछि नेताहरु फर्केर गएनन, उनले भने, ‘उनीहरुलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं। उनका अनुसार मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झण्डै ४ सय भन्दा बडि बादी समुदायका व्यक्तिहरु धर्नामा बसिरहेका छन्।