ओली कुर्सीमा एकछिन पनि बस्न लायक छैनन्ः प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिक मान्ने विश्वास गरेका छन् । यस विषयमा केही दिनभित्रै आयोगले निर्णय गर्ने उनले बताए ।राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको नेकपाले नै वैधानिकता र सूर्य चिन्ह पाउने बताएका छन्।

‘आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो’ प्रचण्डले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा पार्टी यो अवस्थामा आएको प्रचण्डको भनाई छ । ‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदोरहेछ । सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो, यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन।

उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनुभयो ।’ प्रचण्डले भने ।केपी ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको प्रचण्डको भनाई छ । ‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन् बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ ? राजीनामा दिनु त कता हो कता रु उल्टै उहाँ आफै पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ । प्रचण्डले भने ।उनले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा निर्णय गर्न आग्रह समेत गरे।