नेपालमा थप ७३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन १७, सोमबार १८:५४
प्रकासित समय : १८:५४
काठमाडौँ,नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ४७१ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७७ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।