वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै

सुर्खेत,कर्णाली प्रदेशको मुख्यमंन्त्री कार्यलय नजिक आन्दोलित वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ।आन्दोलन थालनी गरेको आठौँ दिन सरकार बिरुद्ध चर्को रुपमा नारावाजी भएको छ।कर्णाली सरकार मुर्दावाद,मुख्यमंन्त्री शाही राजिनामा दे,वादी एकता जिन्दावाद जस्ता नारावाजी गर्दै आन्दोलित वादी समुदायले मुख्यमंन्त्री कार्यलयको मुख्य गेट प्रवेश गर्न खोजेका थिए।

आन्दोलित क्षेत्रबाट मुख्यमन्त्री कार्यालयको गेटतीर बढ्ने क्रममा नेपाल प्रहरीले रोकेको थियो।प्रहरीले रोक्न खोज्दा वादी समुदाय र प्रहरीबिच धकेला धकेलको अवस्था समेत सिर्जना भएको थियो।आफ्नो मागप्रति सरकार उदासिन भएको भन्दै कर्णाली सरकारसंग गाँस,बाँस,कपासको माग राख्दै आएका वादी समुदायले आन्दोलनलाई थप शसक्त ढंगले चर्काएका छन।आन्दोलनमा सामेल वादी समुदायका अगुवा हिक्मत वादीका अनुसार ‘वादी समुदायका मागलाई कर्णाली सरकारले लिखित रुपमा सम्झौता गरिनुपर्ने वताए’।

संचारकर्मिसंग कुरा गर्दै वादीले ‘माग पुरा नभएसम्म आफुहरु मुख्यमन्त्री कार्यलय नछोड्ने जिकिर गरे।कर्णाली सरकारले संघिय सरकारसंग आफ्ना मागहरु राखेर भुमी दिलाईदिनु पर्ने वताए।अन्य मागहरुको बिषयमा मुख्यमन्त्रीले लिखित रुपमा आफुहरुसंग सम्झौता गरिनु पर्ने जिकिर गरे।यदि कर्णाली सरकार वादी समुदायका मागप्रति मौन वसेको खण्डमा ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए।आफ्नो आन्दोलनमा विस्तारै विस्तारै थुप्रै निकायवाट सर्मथन हुदै आएकोले अझ शसक्त रुपले अघि वढ्ने वताए’।

यस्तो भन्छन् मूख्यमंन्त्री शाही

वादी समुदायको आन्दोलनका विषयमा कुसे न्यजसंग कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाही यसो भन्छन् ‘जमिन दिने अधिकार प्रदेश सरकारलाई नभएकोले जतिदिन आन्दोलनमा रहेपनी भुमी दिन नसकिने वताएका छन्’।

‘भुमी दिने अधिकार संघिय सरकारसंग रहेको हुदा आफुले केहि गर्न नसकेको भन्दै संघिय सरकारसंग समन्वय गरिदिने प्रतिवद्धता जनाएका छन्।वादी समुदायका अन्य मागहरुका विषयमा आफुहरु सकारात्मक रहेको वताउदै नाना,छाना,खाना प्रदेश सरकारको निती तथा कार्यक्रममा रहेको हुदा लिखित सम्झौता गरिरहनु नपर्ने वताए।वादी समुदाय लक्षित कार्यक्रम तत्काल यसै वर्ष लियर जान समेत आग्रह गरे।’

कर्णाली प्रदेशमा वसोवास गर्ने नागरिक घरभित्र वस्न पाउनुपर्छ यदि कसैको घर नभए घरसमेत वनाईदिने वताए।कर्णाली प्रदेशका गरिवहरुको पहिचान गरेर कर्णाली सरकारले लगानी गर्ने समेत वताए।नाना,खाना,छाना मै सवैभन्दा बढि रकम कर्णाली सरकारले लगानी गरेको दावी समेत गरे।

प्रदेश सांसद दानसिंह परियारको प्रतिक्रिया

आन्दोलनलाई सर्मथन गर्दै प्रदेश सभा सदस्य दानसिंह परियार यसाे भन्छन ‘उत्पिडित समुदायको लागि सरकार मौन रहेको भन्दै आफुहरु सरकारमा रहेपनी नभएको जस्तो अनुभुती भएको वताए।वादी समुदायको आन्लोलनलाई पुर्ण सर्मथन जनाउदै सांसद परियारले अव यो मुद्धालाई सदनमा उठाउने समेत वताएका छन्’।

आन्दोलित वादी समुदायले जमिनको माग गर्दै आन्दोलनलाई थप शसक्त वनाउदै आएका छन।सम्बन्धित सरोकारवालाको ध्यान छिट्टो भन्दा छिट्टो नगए उनिहरुको आन्दोलनले ठुलो रुप लिन सक्ने अनुमान गर्न थालिएको छ।