प्रचण्ड-नेपाल पक्षलाई सच्चिने यो अन्तिम अवसर होः गृहमन्त्री थापा
काठमाडौं,नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड-नेपाल पक्ष सच्चिने यो अन्तिम अवसर भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन आग्रह समेत गर्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् ।
अविश्वासको प्रस्तावलाई अगाडि बढाएर तपाईंहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर अविश्वासको प्रस्तावलाई फिर्ता लिएर पार्टीलाई पुन एकताबद्ध गर्ने अवसर तपाईंहरुको हातमा छ । र यो अवसर नगुमाउन आग्रह गर्दछु ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भने, ‘तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।
संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्च अदालतले देशलाई अस्थिरतातर्फ धेकेलिएको बादलको भनाई रहेको छ । वर्तमान स्थायीत्वको पक्षमा सर्वोच्च अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ ।