मोदीले लगाए कोरोनाको खोप
प्रकासित मिति : २०७७ फाल्गुन १७, सोमबार १०:४०
प्रकासित समय : १०:४०
काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् ।
खोप लगाएको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा भनेका छन्, ‘म सबैलाई अपील गर्दछु जो खोप लिन योग्य छन्। हामी सबै मिलेर भारतलाई कोभिड-१९ मुक्त बनाऔं’ भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ ।