जनमत पार्टि बाँकेद्धारा सिडियोलाई ज्ञापन पत्र

नेपालगन्ज,जनमत पार्टि बाँकेले बाँकेका सिडियोलाई ज्ञापन पत्र वुझाएको छ ।बिवाह तथा अन्य आवस्यक कामको लागि भारत-नेपाल सीमाक्षेत्रमा आवश्यकता अनुसार यातायात आवत जावतलाई सहज बनाउनको लागि ज्ञापन पत्र वुझाइएको हो।

जनमत पार्टि बाँकेका अध्यक्ष रियाज अहमद शेषका अनुसार आफ्नो नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन बाँकेका सिडियो राम बहादुर क्रुम्वाङ्गलाई ज्ञापनपत्र बुझाइएको वताएका छन्।कोरोना संक्रमण वढेलगतै नेपाल भारत क्षेत्र निषेधाज्ञा भएको थियो।सवारी साधन समेत प्रशासनले चल्न दिएको थिएन।

तर निषेधाज्ञा खुकुलो भएपनी अझै यातायात आवत जावतमा कडाई भएकोले सर्वसाधनलाई सास्ति भएकोले प्रशासनलाई ज्ञापन पत्र वुझाईएको वताएका छन्।नेपाल-भारत सिमाक्षेत्रमा वैवाहिक सम्बन्ध हुने भएकाले झन अप्ठ्यारो स्थिती सिर्जना भएको सर्वसाधारणको भनाई रहेको छ ।