नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७० हजार ४०७ जना स‌ंक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७४ पुगेको छ।आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९६२ रहेको छ ।