विप्लवसँग छिट्टै वार्ता गर्छौँः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ फाल्गुन १६, आईतवार १६:५१
प्रकासित समय : १६:५१
झापा,प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता गर्ने बताएका छन् ।
आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ ।
शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समाधान गर्नेछौं ।’पछिल्ला दिनहरुमा सरकारले विप्लवसँगको संवादलाई अघि बढाएको छ ।