थापाद्वारा दुर्घटना घाइतेलाई सहयोग हस्तान्तरण
नेपालगन्ज , बाँकेे दुर्घटनामा घाइतेलाई सहयोग गरिएको छ । महेन्द्र राजमार्ग अन्तरगत पर्ने बर्दिया जिल्लाकाे बासगढि नगरपालिका वडा न.: ०९ माछागढमा गत माघ २४ गते भे १ ज १२२२ नम्बरको म्याजिक भ्यान दुर्घटना हुदा घाइते चालक बासगढि नगरपालिका वडा न. ०८ निवासी प्रकाश कामीलाई सहयोग हस्तान्तरण गरिएको हो ।
घरको आर्थीक स्थिति कमजोर भएका कारण दुर्घटनामा घाइते भएका पिडित कामीको उपचारका लागि आर्थीक सहयोग संकलन अभियान संचालन गरिएको थियो ।
कामीको उपचारका लागि आर्थीक सहयोग संकलन अभियानमा लागेका बागेश्वरी यातायात प्रालिका रोड दुर्घटना सदस्य तथा नगर बस संचालन उप-समितिका संयोजक बाँके जिल्ला नेपालगन्ज २० राँझा यएरपोर्ट निवासी युवा समाजसेवी तथा सहयोगी भावना राख्ने मनकारी धन बहादुर थापाको पहलमा संकलन गरिएको रकम २८,२५० अठाइस हजार दुई सय पचास रूपयाँ फागुन १४ गतेका दिन दुर्घटनामा घाइते पिडित प्रकाश कामीका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।
आर्थीक सहयोग हस्तान्तरण कार्यक्रममा सोही क्षेत्रका समाजिक अगुवा समाजसेवी बुद्धिजीवी हरूको समेत उपस्थित रहेको थियो ।पिडित कामीको परिवारलाई सहयोग हस्तान्तरण गर्दै कामीको उपचारका लागि सहयोग अभियानमा साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनकारीहरू प्रती धन्यवाद दिदै घाइते पिडितको सिघ्र स्वास्थ्य लाभको कामना समेत थापाले गरेका छन्