किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

वीरगञ्ज,  वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।

गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष हुनुपर्ने र २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।