प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार रिमाल

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र स‌ंसदको सामना गर्ने प्रष्ट पारेका हुन् ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।

रिमालले लेखेका छन्, ‘सर्वोच्चबाट पुन:स्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न! यी विषयमा- प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहॉ थियौं र अहिले पनि त्यहीँ नै छौँ। दुई प्रधानमन्त्रीहरू- मनमोहन अधिकारी र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ ? !’