नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन १४, शुक्रबार १६:३६
प्रकासित समय : १६:३६
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७१ पुगेको छ । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९३६ रहेको छ ।