कोरोनाले मृत्यु हुनेको संख्या संसोधन
प्रकासित मिति : २०७७ फाल्गुन १३, बिहीबार १७:०१
प्रकासित समय : १७:०१
काठमाडौं,सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना विवरण सार्वजनिक गर्दै एकैपटक ८३ जना मृतक थपेको हो।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार पनि सरकारले एकै दिन ६ सय १९ जना मृतक थपेको थियो। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका निकायहरुको तथ्यांकअनुसार मृतकको संख्या बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उच्चस्तरीय समन्वय समिति र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा मृतकको संख्या संशोधन गरिएको बताए।यसअघि गत भदौ महिनामा कोरोनाबाट मृतकको तथ्याङ्कमा नेपाली सेना र सरकारको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो ।