नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप ८३ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २२३ जना स‌ंक्रमणमुक्त भएका छन् ।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

आज कोरोनाबाट थप ८३ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को तथ्याङ्क विश्लेषण गर्दै बुधबार मन्त्रालयले अहिलेसम्म भएको निधनमा ६१८ जना थप गरेको थियो ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।