सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने
प्रकासित मिति : २०७७ फाल्गुन १३, बिहीबार १६:१३
प्रकासित समय : १६:१३
काठमाडौं,अब प्राथमिक सेयर ९आइपीओ०को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ ।
सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो ।
डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्यमा रोक लगाइएको सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
अब आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिनेछ । सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।