विमानस्थलबाट सुनको बाला बरामद

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला बरामद गरिएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा कतार एयरवेजमार्फत् आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा लैजान लागेको अवस्थामा मोरङ्ग पथरी शनिश्‍चरे नगरपालिका वडा नं ८ स्थायी घर भएका रमेश तामाङको साथबाट दुई थान सुनको बाला बरामद गरिएको हो ।

उनलाई पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं। २ स्थायी घर भएका चित्र शेर्माले उक्त काम गर्न लगाएको खुलेको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद बालासहित उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।