सहकार्य गरेर अगाडि बढ्न जसपालाई प्रचण्ड-माधव पक्षको प्रस्ताव

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव राखेको छ ।

बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेका हुन् ।छलफलका क्रममा प्रचण्ड–माधव पक्षले मिलेर अगाडि जानुपर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ ।

तर, जसपाका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । उनीहरले संविधान संशोधन, रेशम चौधरीलगायतको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने बताएका छन् । त्यसमा प्रचण्ड–माधव पक्ष सकारात्मक रहेको छ ।