उपहारको नाममा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं,उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबेलगायत ३ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमईमार्फत् पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।