ओली पक्षको स्थायी कमिटी बैठक स्थगित
प्रकासित मिति : २०७७ फाल्गुन १३, बिहीबार १२:२०
प्रकासित समय : १२:२०
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक नबस्ने भएको हो ।
आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि छलफल जारी रहने कार्यसूची रहेको थियो । तर, थप गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
बुधबार पनि बैठक बसेका थियो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि ओली पक्षीय स्थायी कमिटी बैठकको तयारी रहेको छ ।