डोल्पामा रुखले च्यापेर वडा सदस्यको मृत्यु

डोल्पा, डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएको विकलाई उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

घटनाका बिषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली खटाइएको छ । मृतक विक स्थानीय तहको निर्वाचनमा जगदुल्ला गा‍उँपालिका वडा नं.३ को दलित महिला सदस्यमा निर्वाचितसमेत रहेकी प्रहरीले जनाएको छ।