मेरा भाइहरुले लड्डु खाए जित्यौं भनेरः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ फाल्गुन १२, बुधबार १७:३५
प्रकासित समय : १७:३५
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपले लिएको जनाएका छन् ।सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले सरकार निरन्तर रहने दाबीसमेत गरेका छन् ।
सर्वोच्चको फैसलाले स्वार्थीहरु उफ्रिएको उनको भनाई रहेको छ ।पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै ओलीले भने, मेरा केही भाइहरुले लड्डु खाए, मुहँ मिठा’ गरे, खुसी भएर, जित्यौं हामीले भनेर । अब के पाउँछन् हेर्नुछ।’
अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’उनले भनेका छन्।मंगलबार राति संसद पुनस्थापना भएको खुशीयालीमा प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका थिए ।