प्रचण्ड-नेपालद्वारा प्रधानमन्त्री देउवालाई वन्न आग्रह
प्रकासित मिति : २०७७ फाल्गुन १२, बुधबार १७:१७
प्रकासित समय : १७:१७
काठमाडौं,नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रचण्ड र नेपालले देउवालाई नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राख्दै यस्तो आग्रह गरेका हुन् ।
२० मिनेट भएको कुराकानीमा देउवा सकारात्मक रहेको प्रचण्ड निकट स्रोतले बतायो ।‘कांग्रेस सभापति देउवासँग अध्यक्षद्वयले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल गर्नु भएको छ । त्यसमा सभापति ज्यु पनि सकारात्मक देखिनु भएको छ ।’
स्रोतले भन्यो ।जवाफमा देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल गर्छु’ देउवाको भनाई उदृत गर्दै स्रोतले बतायो ।