नेपालमा थप ९४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन १२, बुधबार १७:१४
प्रकासित समय : १७:१४
काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६६ पुगेको छ । आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ ।