ओली पक्षको स्थायी समिति बैठक सुरु

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै स्थायी समिति बैठक सुरु भएको एक नेताले जानकारी दिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि बैठक बसेको हो ।