ओलीलाई पदबाट तुरुन्त राजीनामा दिन वामदेवको आग्रह
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन अनुरोध गरेका छन् ।बुधबार प्रेस नोट जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने पनि उनले बताए।
यस्तै, गौतमले भने नेकपाको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा तत्काल डाक्न अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। ‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क केपी शर्मा ओली र क प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’ उनले भनेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको पनि गौतमले उल्लेख गरेका छन्।‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ।
आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु’, गौतमले प्रेस नोटमा उल्लेख गरेका छन्।
यस्तो छ गौतमको प्रेस विज्ञप्ति
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ।
आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु
१० सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२० प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।
३०नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क। केपी वली र क। प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के।कार्यालयमा वोलाउन अनुरोध गर्छु।