अखिल क्रान्तिकारीका नेता चन्द ३८ दिनपछि रिहा

काठमाडौं, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) नेता मदन चन्द ३८ दिन पछि अदालतको आदेशपछि रिहा भएका छन ।

संगठनको केन्द्रीय सदस्य तथा काठमाडौं र ललितपुर जिल्ला इन्चार्ज समेत रहेका चन्दलाई माघ ४ गते काठमाडौंको गोगंबुबाट प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार पछि हिरासतमा राखेर नेता चन्दलाई प्रहरीले अभद्ध ब्यवहारको मुद्दा चलाएको थियो ।

चन्दलाई आज अदालतले दोस्रो पटक परेको बन्दिप्रत्यक्षिकरणको रिटमाथी सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै उनलाई यो भन्दा पहिले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पुनस् गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।

सरकारले प्रतिबन्ध लगाय पछि मात्र पार्टी तथा जनबर्गिय संगठनका हजारौ नेता कार्यकर्तालाई सरकारले बिभिन्न मुद्धामा लगायर हिरासत तथा जेलमा राखेरको छ ।