जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
प्रकासित मिति : २०७७ फाल्गुन १०, सोमबार १९:३०
प्रकासित समय : १९:३०
काठमाडौं, ललितपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।