प्रचण्ड-नेपाल पक्षद्वारा ६८ जिल्लामा नेतृत्व चयन
प्रकासित मिति : २०७७ फाल्गुन १०, सोमबार १३:३१
प्रकासित समय : १३:३१
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ।
गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ। उक्त कदम असंवैधानिक रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।