नाइजेरियामा सैनिक विमान दुर्घटना, सबै यात्रुको गयो ज्यान
प्रकासित मिति : २०७७ फाल्गुन १०, सोमबार ०७:१७
प्रकासित समय : ०७:१७
काठमाडौं, नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन् । विमानमा कति सवार थिए, खुलाइएको छैन । तर, चालक दलका सदस्यसहित कम्तिमा सात सैनिकले दुर्घटनामा ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयनमन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमा लेखेका छन्, ‘सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । यो भयानक दुर्घटनामा हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ । साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौं ।’ एजेन्सी