भागरथीको न्यायको लागि अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन
प्रकासित मिति : २०७७ फाल्गुन ९, आईतवार २२:१६
प्रकासित समय : २२:१६
नेपालगन्ज, सरकारले प्रतिवन्ध गरेको विप्लव नेकपाको भातृ संगठनको बाँके अखिल (क्रान्तिकारी) बाँकेले भागरथी भट्टको न्यायको लागि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार संगठनको बाँके जिल्ला समितीले भागरथी भट्टलगायत देशैभरका बलात्कार र हत्या गरिएकाहरुको न्यायको लागि दिप प्रज्वलन गरेको हो ।
नेपालगन्जको सेतु बिक चोक र कोहलपुरको न्युरोडमा एक साथ दिप प्रज्वल गरिएको हो ।
त्यस्तै बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट र जुम्ला लगायतका जिल्लामा पनि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको उक्त संगठनका भेरी-कर्णाली ब्युरो संयोजक हर्क बहादुर बिकले जानकारी दिए ।
संगठनको देशैभर दिप प्रज्वलन गर्ने केन्द्रीय योजना अनुरुप बाँके जिल्ला समितीले पनि दिप प्रज्वलन कार्यक्रम गरेको संगठनले जनाएको छ ।