१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौं,कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप नेपाल आएको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

यस खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।