सुर्खेतमा बर्डफ्लु, २७९ कुखुरा र सय परेवा नष्ट
प्रकासित मिति : २०७७ फाल्गुन ९, आईतवार १५:०७
प्रकासित समय : १५:०७
सुर्खेत, सुर्खेतमा बर्डफ्लु देखापरेको छ । वीरेन्द्रनगर–१२ मा स्थानीय किसानले पालेको कुखुरामा रोग देखा परेको हो । बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपंक्षी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको छ ।
दुई जना स्थानीयले पालेको २७९ वटा कुखुरा र एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो कुखुराको दाना नष्ट गरिसकेको निर्देशालयका निर्देशक मोहन गिरीले जानकारी दिएका छन् ।
चिकित्सक र प्राविधिक सहितको टोलीले अनुगमन र परीक्षण गर्दा थप पुष्टिका लागि काठमाडौं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाले समेत पुष्टि गरेको हो । निर्देशक गिरीका अनुसार स्थानीय जातका कुखुरामा समेत देखिएको छ ।