बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु
प्रकासित मिति : २०७७ फाल्गुन ८, शनिबार १७:३५
प्रकासित समय : १७:३५
पाल्पा,जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्वखोलास्थित सोही वडामा बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बालुवा खन्नेक्रममा शनिबार दिउँसो माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको हो।
प्रहरीका अनुसार पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको हो।