नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१

काठमाडौँ,नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८८ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ७५५ जना स‌ंक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ ।