बर्दियामा ट्रिपरको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु
प्रकासित मिति : २०७७ फाल्गुन ८, शनिबार ०९:२०
प्रकासित समय : ०९:२०
नेपालगन्ज, बर्दियमा ट्रिपरको ठक्कबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।शुक्रबार बेलुका बर्दियाको भुरिगाउँ गुलरिया हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिका ५ शाहिपुर बजारमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।
ग्राभेल लिन हिँडेको भे १ क १४८८ नम्बरको ट्रिपरले किच्दा भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनाको फिए चारबाहिनी नेपालगन्जमा कार्यरत ३८ वर्षिय नवराज बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।