सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न सकारात्मक देखिएको छ ।

आज (शनिबार) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकार लागि गरिएको सचेत पहल भएको बताएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’ विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा भएको छैन । ओली नेतृत्वका मन्त्रीले विप्लव समूहसँग वार्ता गर्नका लागि पहल गर्दै आएको थियो ।