नेपालमा थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६१९ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ ।

आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ ।