यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ
प्रकासित मिति : २०७७ फाल्गुन ७, शुक्रबार १२:२४
प्रकासित समय : १२:२४
कञ्चनपुर,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको पीडिप पक्षको भनाई छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले ढुङगानालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।