नेपालमा थप १२५ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन ५, बुधबार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।