कालिकोटमा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।पचालझरना गाउँपालिका वडा नं ३ की ४७ बर्षिया बिउरा ऐडीको मृत्यु भएको हाे।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पझालझरना गाउँपालिकाको लाफा चौथा सडक मर्मतको काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गाले च्यापिएर ऐडीको मृत्यु भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिएका छन् ।

सडकमा मर्मतको काम गरिरहेको वेला माथिबाट खसेको ढुङ्गाले च्यापिएर घाईते भएकी ऐडिलाई उपचारको लागि सुर्खेत ल्याउदै गर्दा बाटोमै मृत्यु भएको स्थानिय प्रकाश कठायतले वताए ।