प्रतिनिधिसभा विघटन संवैधानिक विषय हो, प्रधानमन्त्रीलाई विशेषाधिकार छैन

काठमाडौं,एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको जनाएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको तर्क गरेका छन् ।

प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन । वरिष्ठ अधिवक्ता खरेलले भने, कसलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको राजनीतिक अधिकार र निर्णय हो तर संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय हो ।

संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको लिखित जवाफ पेस गरेका थिए ।

यस्तै, संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको खरेलको तर्क छ । हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र रु हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन  खरेलले भने ।खरेलले संविधानको धारा ८५ मा यस संविधान बमोजिम’ भनेको ७६र७० नै भएको जिकिर गरे ।