उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक
प्रकासित मिति : २०७७ फाल्गुन ५, बुधबार १२:०९
प्रकासित समय : १२:०९
काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् ।
री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।
उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आंकलनसमेत गरिएको थियो। रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो। तस्बिरहरूमा उनीहरू हाँसेको देखिनुका साथै मास्क र सामाजिक दूरी देखिएको छैन।