काठमाडौंमा एक पुरुष मृत फेला
प्रकासित मिति : २०७७ फाल्गुन ५, बुधबार १२:०४
प्रकासित समय : १२:०४
काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् ।
घरमा कसैलाई जानकारी नदिई निस्केका उनी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।